‘बन्दीपुरको विशेषता’ पोखरामा परिचर्चा

पाेखरा | बैशाख १६, २०८०

‘बन्दीपुरको विशेषता’ पोखरामा परिचर्चा

पोखरा:    देवीसरा सुनारद्वारा लिखित ‘बन्दीपुरको विशेषता’ कृतिको शुक्रवार एक समारोहबीच परिचर्चा गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले अध्ययन र लेखनलाई उमेरले कहिल्यै नछेक्ने बताए ।


कृतिको परिचर्चा गर्दै हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष समीक्षक बलराम पौडेलले देवीसरा सुनारको बन्दीपुरको विशेषता कृतिमा देवीसराको जीवनदर्शन अभिव्यक्त भएको बताए ।


कृतिकी स्रष्टा देवीसरा सुनारले हिमाल, पहाड, तराई जहाँका नेपाली रोए पनि सबैको आँसु एउटै हुने भएकाले आम नेपाली रुन नपरोस् भन्ने कामना गरेर कृति लेखेको बताइन् । 


उनले बन्दीपुर आफ्नो कर्मथलो भएकाले पुस्तक बजारमा बिके पनि नबिके पनि एउटा दस्तावेज बनाउनका लागि भावना र चिन्तानलाई समेटेर किताब निकालेको धारणासमेत राखिन् ।


कृतिकारकी छोरी सीता सुनारले पौढ शिक्षा आर्जन गरेकी आमाले कापीका पानामा लेखेर राखेका टुक्राटुक्रीलाई जम्मा गरेर कृति प्रकाशन गरेर सबैका माझ ल्याएको बताइन् । उनले प्रौढ शिक्षा पढ्दा आमा प्रथम भएको र घरमा बस्दा केही न केही लेखिरहने भएकाले वृद्धा अवस्थामा आफ्नो गाउँका बारेमा लेख्दै रहेकी आमाको इच्छा मर्न नदिनका लागि पहिला सानो र अहिले ठूलो आकारमा दोस्रो संस्करण कृति प्रकाशन गरेको बताइन् ।


कार्यक्रममा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका महासचिव मदन भण्डारीले समाजमा विकृतिको जालो मौलाएकाले त्यस्ता विकृतिलाई यस्तै सिर्जनशील कार्यले निस्तेज पार्नुपर्ने बताए ।


गीताञ्जली साहित्य परिवारका कार्यसमिति सदस्य नरेन्द्र रानाभाटले साहित्य साधनामा लाग्दाको यात्रा र यसबाट आउने आनन्द अन्य कुनै वस्तुसँग तुलना हुन नसक्ने धारणा राखे ।


कार्यक्रममा गजलकार विष्णु वास्तोला, साहित्यसेवी प्रशान्त सुनार, समाजसेवी पुनम पोखरेललगायतले कृतिको सफलता र सर्जकको सुस्वास्थ्य र सुकीर्तिको कामना गरेका थिए ।


सोही समारोहबीच सुनारको लेखन यात्राको प्रोत्साहनका लागि हुर्जा गण्डकीद्वारा विशेष सम्मान गरिएको थियो । साथै उनका शुभेच्छुक शुभचिन्तकले पनि देवीसरालाई सम्मान गरेका थिए ।


मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले अध्यक्षको आसनबाट बोल्दै ७१ वर्षको उमेरमा पनि यसरी सिर्जनशील जीवन बिताएकी देवीसराको सिर्जनशीलताको योगदानको कदर शब्दमा गरेर नसकिने र व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिए ।


हुर्जाका उपाध्यक्ष वीरेन्द्र सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव सुशील श्रेष्ठले गरेका थिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्